मनिषा मण्डल
सुखीपुर (सिरहा) / सिरहाकाे सुखीपुर नगरपालिका-१० ललसहियाका आगलागी पिडितलाई घर बनाउन जस्तापाता सहयाेग गरिएको छ ।
सुखीपुरका युवा तथा व्यापारीहरुले साेमबार ५ घर परिवारलाई ८ बण्डल जस्तापाता उपलब्ध गराइएकाे छ ।
जास्तापाता उपलब्ध गराउनेहरुमा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किशोरी प्रसाद चाैधरी, श्री रामजानकी वि.एन. जनता बहुमुखी क्याम्पस सुखीपुरका अध्यक्ष महेश कुमार चाैधरी, नगर सुधार समिति सुखीपुरका संयाेजक विपि भुवन यादव, व्यापारी उमा प्रसाद चाैधरी, संताेष श्रीवास्तव ,श्याम चाैधरी,अरविन्द विश्वकर्मा र सुखीपुर व्यापार समितिका उपाध्यक्ष राकेश पुर्वे र क्याम्पस प्रमुख मनित चाैधरीकाे सहयाेगमा वितरण गरिएकाे हाे ।
बैशाख ३ गते ललसहिया गाउँमा भीषण आगलागी हुँदा ५ घर जलेर नष्ट भएका थिए ।
गर्मीयाममा आगलागीका घटना दिनहुँ बढी रहँदा सबैले सचेत हुनुपर्ने नगर सुधार समितिका संयाेजक यादवले बताउनुभयाे ।
वहाँले आगलागी पिडित परिवारका बच्चाहरुलाई नि: शुल्क निजि स्कुलमा पढाउने प्रतिवद्वता गर्नुभयाे ।
आगलागीले घरगाेठसहित खाद्यान्न, लत्ताकपडा, गरगहना नगद गरी २० लाख बढीकाे क्षति भएको थियोे ।





