सुखीपुर ( सिरहा) / सिरहाकाे सुखीपुर नगरपालिका ८ स्थित श्री जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सत्य नारायण यादव माथि भएको अमानवीय कार्यको एकीकृत अखिल नेपाल शिक्षक संगठन सिरहाले दाेषीलाई कार्वाही मांग गरेकाे छ ।
प्रधानाध्यापक यादवलाई शनिवार सुखीपुर वडा नम्बर ३ स्थित निज निवासमा साेही वडा देव लाल यादव लगायतका लगायत व्यक्तिहरुले सांघातिक आक्रमण गरेपछि प्रधानाध्यापक यादवकाे उपचार काठमाडौंमा भए रहेकाे छ ।
शिक्षकहरुको मान मर्यादाको ख्यालै नराखी विभिन्न अराजक किसिमका गतिविधिहरु गरेको दाेषीलाई कडा भन्दा कडा कार्वाहीकाे मांग गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो विज्ञप्तिमा ‘शिक्षकहरुको मान मर्दन तथा मानसिक स्थितिमा समेत प्रभाव पर्ने र मनोवल गिराउने काम भएकोले अराजक गतिविधिको घोर भत्सर्ना गर्दछौं ’ सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।