लहान / प्रधानाध्यापक माथि सांघातिक आक्रमण गर्ने दाेषी उपर कार्वाहीकाे मांग गर्दै विभिन्न संघ संगठनले प्रेस विज्ञप्ति जारीले गरि तत्काल कानुनकाे दायरामा कानुन बमोजिम कार्वाही गर्न अल्टिमेटम दिएकाे छ ।
सिरहाकाे सुखीपुर नगरपालिका ८ स्थित श्री जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सत्य नारायण यादव माथि उनकै गाउँले वहाँ माथि मार्ने मन्सायले गम्भीर कुटपिट गरेकाेले प्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन सिरहा, संघिय शिक्षक फाेरम नेपाल सिरहा , एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपाल सिरहा, नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन सुखीपुरले प्रेस विज्ञप्ति जारी गरेकाे छ ।
प्रधानाध्यापक यादवलाई शनिवार सुखीपुर वडा नम्बर ३ स्थित निज निवासमा साेही वडा देव लाल यादव लगायतका लगायत व्यक्तिहरुले सांघातिक आक्रमण गरेपछि प्रधानाध्यापक यादवकाे उपचार काठमाडौंमा भए रहेकाे छ ।
वहाँकाे टाउकाेमा गहिराे चाेट लागेकाे छ । टाउकाे अप्रेशन गर्दा ३८ वटा टाका लागेकाे परिवारीक स्राेतले जानकारी गराउनुभयाे ।
शिक्षकहरुको मान मर्यादाको ख्यालै नराखी विभिन्न अराजक किसिमका गतिविधिहरु गरेको दाेषीलाई कडा भन्दा कडा कार्वाहीकाे मांग गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो विज्ञप्तिमा ‘शिक्षकहरुको मान मर्दन तथा मानसिक स्थितिमा समेत प्रभाव पर्ने र मनोवल गिराउने काम भएकोले अराजक गतिविधिको घोर भत्सर्ना गर्दछौं ’ सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।