राेयाण्टर मण्डल
सिराहा / लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्वर ४ मा माटो स्वास्थ्य सुधारको उद्देश्यले आयोजित माटो परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रम मार्फत १ सय २२ जना किसानहरूले आफ्ना खेतकाे माटो परीक्षण गराएका छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहजीकरण माटो तथा मल परीक्षण प्रयोगशाला, राजविराज, सप्तरीले गरेको थियो भने, सप्रोस नेपाल (विश्व खाद्य कार्यक्रम) र एफ.ए .ओ (खाद्य तथा कृषि संगठन) द्वरा कार्यान्वयन संयुक्त राष्ट्रसंघीय साझा कार्यक्रम – ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण कार्यक्रम (दोस्रो चरण)/ UN JP RWEE IIको प्राविधिक तथा आर्थिक सहयोग  रहेको थियो ।

कार्यक्रमका संयोजक चन्दन केसी (टिम लिडर/ कृषि बिज्ञ, सप्रोस नेपाल)ले जानकारी दिए अनुसार परीक्षणको नतिजा प्राप्त भएपछि किसानहरूलाई उपयुक्त मलको मात्रा, प्रयोग र माटो स्वास्थ्य सुधारका लागि विधिबारे परामर्श दिइनेछ। यसले दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति जोगाउन र उत्पादनमा वृद्धिका लागि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

किसानहरूले खेतको माटो परीक्षण गराई माटोको उर्वराशक्ति, पिएच स्तर तथा आवश्यक पोषण तत्त्वबारे जानकारी पाएका छन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक समूहका सदस्यहरू, कृषि प्राविधिकहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागी किसानहरूले यस्तो कार्यक्रमले व्यावसायिक खेतीमा सहयोग पुग्ने भन्दै प्रसन्नता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय