रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / आफनो जन्म धर्ती र देशको नाम रोशन गर्ने सपना जो कोहीले देख्न सक्छ तर सबैले देखे अनुसारका सपना साकार कहाँ हुन्छ ? तर लहानका एक बालकले देखेको सपनाले अन्य देशमा पनि चर्चा भइरहेको छ ।
धेरै कमजोर आर्थिक अवस्था भएको घरमा जन्म लिएका ‘लहानका लाल’ को संघर्ष भरी लुकेको कथा भेटिएको छ ।
लहान नगरपालिका वडा नम्बर ३ बस्ने १५ वर्षीय बालक नेहाल मण्डलले देश विदेशमा आफनो देशको नाम शिखर पुर्याउँदा पनि लहानमा वहाँकाे प्रतिभाको चर्चा मौन रहयो । मौन पनि हुुुनु स्वभाविक नै हो किनभने अहिले सम्म स्थानीय सरकारले वहाँले देशको लागि दिएको योगदानको कुनै कार्यक्रममा कदर र सम्मान गरेन् ।
मण्डलले ११ वर्षकै उमेर देखि लहान १ स्थित रहेको पशुपति आद्धर्श माध्यमिक विद्यालयको खेल मैदानमा करांटे खेल शुरुवात गर्नुभयो ।
राजेश गुप्ता र प्रधुवन सिंह दोनवारबाट प्रशिक्षण पाएर अहिले देश विदेशमा हुने प्रतियोगितामा समेत भाग लिन सिफारिस हुने गरेको छ ।
वहाँले ५५ राष्ट्रिय खेलमा स्वर्ण पदक , सातौं दक्षिण एसियाली करांते च्याम्पियनसिपमा रजत पदक र ५६ राष्ट्रिय खेलमा रजत पदक हासिल गरि लहान र देशकै नाम चर्चामा ल्याएको छ ।
अब भुटानमा हुने आठौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप खेलमा सहभागी हुन सिफारिस भएको छ ।
नेहाल मण्डल बच्चा देखि खेललाई नै जिवन र खेलबाटै देशको नाम रोशन गर्नुको अलावा अरु केहि गर्नु छैन् ।
नेहालले देखेकाे सपना सकार हुदैछ । सपना साकार बनाउन वहाँकाे बुवाको अहम भुमिका रहेको छ ।
नेहालको बुवा संतोष मण्डल मोटर साईकल मिस्त्री (मैकेनिकल) बाट आएको पैसाले घर परिवारको खर्च धान्दै आए रहेका छन् ।
पैसाको अभावमा आफुले छोराकाे सपना र देशको नाम उच्च राख्न ऋण सापटी लिएर भएपनि छोरालाई केही रकम दिएर खेल खेल्न पठाउने गरेछु । जुन हाम्रो साैभााग्यकाे कुरा हाे । सबैले आफनो निजी सम्पत्ति आर्जन गर्न वचत गर्छन् तर मैले कमाएको रुपैयाँ लहान र देशको नाम रोशन गर्न लगानी गर्दै आएको संतोष मण्डल बताउनुहुन्छ ।
छोरालाई विदेशमा खेल खेल्न क्ल्बबहरुले टिकटको रुपैयाँ उपलब्ध गराए रहेकाे छ तर अन्य खर्च घरबाटै व्यहोर्दै छु । अहिले आर्थिक शंकटमा आम्दानी पनि कम भैसक्याे । परिवार चलाउन समस्या हुँदा पनि छारोलाई राम्रोसंग खेल्न प्रेरित गर्न लागेको मण्डलकाे भनाई रहेको छ ।
वहाँले थप्दै भन्नुभयो, “अहिले सम्म स्थानीय सरकारले सहयोग त के गर्नु भेट्न पनि आएको छैन् । छोरालाई पढ्नका लागि एक रुपैयाँ पनि शुल्क लाग्दैन् । छोरा प्रतियोगिता जितेर आएपछि लहान स्थित रहेको एसओएस ( School Of Scholars Lahan) ले निःशुल्क पढाउँदै आएको छ । तर स्थानीय सरकारले एक पटक पनि दलित गरिबको घरमा नआउदा दु:ख लागेकाे छ । त्यसैले स्थानीय सरकारलाई आग्रह गर्न चाहन्छु, छोराको हौशला बढाई दिनुस् ।