दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम / थाइल्याण्डको बैंककमा आयोजित ‘मिस वेलनेस वर्ल्ड २०२६’ प्रतियोगितामा २५ भन्दा बढी देशका प्रतिनिधिसँग प्रतिस्पर्धा गर्दै उपाधि जितेकी सानवी मण्डलले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल, मधेस र मिथिलाको गौरव बढाएकी छिन् तर मधेश सरकार र स्थानीय सरकार बेखर बनेकाे छ ।

उनको सफलताले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न योगदान पुर्‍याएको छ । तर, यति ठूलो उपलब्धि पाए पनि मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले औपचारिक रुपमा अहिले सम्म  सम्मान तथा प्रोत्साहनका लागि चासो नदेखाएकोले चाैतर्फी कि प्रदेश र स्थानीय सरकारमा माथि प्रश्न उठ्न थालेको छ।

विश्वमञ्चमा नेपालको नाम चिनाउन सफल सानवीलाई विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूले सम्मान गर्ने पहल गरिरहेका छन् । तर, उनको उपलब्धिलाई संस्थागत रूपमा पहिचान गर्दै सम्मान र प्रोत्साहन गर्ने विषयमा सम्बन्धित सरकारी निकायको सक्रियता भने अझै प्रतीक्षाको विषय बनेको छ ।

आज परिवार सहित जानकी मन्दिर पुगेकी सानवीले माता जानकीको दर्शन गर्नुका साथै मन्दिरका सन्तहरूसँग भेटघाट गरी आशीर्वाद ग्रहण गरेकी छन् ।

सो अवसरमा कुराकानी गर्दै उनले आफ्नो सफलतामा आत्मविश्वास, निरन्तर मेहनत, दृढ इच्छाशक्ति र परिवारको साथ महत्त्वपूर्ण रहेको बताइन् ।

सामाजिक अवरोध तथा विभिन्न चुनौती पार गर्दै अन्तर्राष्ट्रिय उपाधि हासिल गरेकी सानवीले मधेस तथा नेपालका महिलाहरूलाई आफ्नै क्षमतामाथि विश्वास गर्न, ठूला सपना देख्न र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्न प्रेरित गरेकी छन् ।

उनका अनुसार सौन्दर्य प्रतियोगिता बाहिरी सुन्दरतामा मात्र सीमित हुँदैन। यस्ता प्रतियोगिताले महिलाको ज्ञान, व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिभालाई उजागर गर्दै महिला सशक्तीकरणका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्छन् ।

प्रतियोगिताका क्रममा मिथिलाको परम्परागत पहिरन प्रस्तुत गर्दै सानवीले यहाँको कला, संस्कृति र सभ्यतालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने प्रयास गरेकी थिइन् । उनको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई मिथिलाको मौलिक पहिचान र सांस्कृतिक विविधतालाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसरसमेत बनेको छ ।

https://youtube.com/shorts/kaCWJNUhj_Y?si=1h7JBQ5FcXzhqO-a

सरकारको ध्यान कहिले जाने ?

सानवीको सफलताले मधेसका छोरीहरूमा रहेको प्रतिभा, क्षमता र सम्भावनालाई उजागर गरेको छ । अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्ने प्रतिभाको सम्मान गर्नु व्यक्तिगत प्रशंसाको विषय मात्र होइन, आगामी पुस्तालाई प्रेरित गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अवसर पनि हो ।

विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरू सम्मानको पहलमा सक्रिय भइरहेका बेला मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले पनि उनको उपलब्धिबारे जानकारी लिई उचित सम्मान तथा प्रोत्साहनका कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिभाको सम्मानमा सरकारी निकायको सक्रियता देखिनु आवश्यक छ । सानवीको उपलब्धिलाई व्यक्तिगत सफलताका रूपमा मात्र नभई महिला सशक्तीकरण, सांस्कृतिक पहिचान र युवा पुस्ताको प्रेरणासँग जोडेर हेर्नुपर्छ ।

मिथिलाकी छोरीले विश्वमञ्चमा नेपालको गौरव बढाउँदा उनको उपलब्धिलाई संस्थागत रूपमा पहिचान र सम्मान गर्ने दायित्व सम्बन्धित निकायको पनि हो। प्रतिभालाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यवहारमा देखाउने बेला यही हो ।

अब प्रश्न उठ्छ—विश्वको ध्यान आकर्षित गर्न सफल मिथिलाकी छोरी सानवी मण्डललाई मधेस प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले कहिले औपचारिक रूपमा सम्मान गर्नेछन् ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय