दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम / बारा जिल्लाको महागढीमाई नगरपालिका–६, पतरहट्टीस्थित श्री पहलवानी माँ शक्तिश्वरि मन्दिरको पूर्वाधार विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु. १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलको प्रमुख आतिथ्यमा मन्दिर परिसरमा आयोजित कार्यक्रममा उक्त बजेट विनियोजनबारे जानकारी दिइएको हो ।

मन्दिरको विकासका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, बारा इन्चार्ज तथा राष्ट्रिय सभाका पूर्वसदस्य रमेश प्रसाद यादवले पहल गरेको बताइएको छ। उनको पहलमा मन्दिरको पूर्वाधार विकासका लागि बजेट विनियोजन भएको जनाइएको छ ।

कार्यक्रममा नेकपाका नेता ध्रुव यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा मन्दिरको भौतिक पूर्वाधार विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा चर्चा गरिएको थियो ।

विनियोजित बजेटबाट मन्दिरको भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पूर्वाधार विकाससँगै मन्दिरमा आउने श्रद्धालु तथा धार्मिक पर्यटकलाई थप सहजता हुने र स्थानीय क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास गरिएको छ ।

स्थानीय धार्मिक आस्था, संस्कृति र परम्परासँग गहिरो सम्बन्ध राख्ने श्री पहलवानी माँ शक्तिश्वरि मन्दिरको विकासका लागि बजेट विनियोजन हुनुलाई यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय