राेयाण्टर मण्डल
सिरहा । सिरहा जिल्ला अदालत परिसर नजिक आज दिउँसो शंकास्पद वस्तु विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

प्रारम्भिक जानकारीअनुसार विस्फोटपछि प्रहरीले घटनास्थललाई घेरा हाली नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। विस्फोट कसले र किन गराएको हो भन्ने विषयमा भने अझै स्पष्ट तथ्य बाहिर आएको छैन ।

अधिवक्ता धनिक लाल यादवद्वारा सञ्चालित कामधेनु ल फर्म भित्र भएको विस्फोटमा उनका करिब २८ वर्षीय छोरा सौरभ यादव घाइते भएका छन् ।

उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र हाल प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।

घटना अदालत अगाडिको नेपाल बार एशोसिएसन भवनमा रहेको कार्यालयभित्र भएको पुष्टि भएको छ ।

संवेदनशील क्षेत्र नजिकै विस्फोट भएकाले सुरक्षाकर्मीहरूले घटनालाई गम्भीर रूपमा लिएर विस्तृत अनुसन्धान थालेका छन् ।

विस्फोटक पदार्थ कसले रख्यो र उद्देश्य के थियो भन्नेबारे आधिकारिक पुष्टि भने अझै हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय