राेयाण्टर मण्डल
लहान (सिरहा) / जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका अध्यक्ष तथा समाजसेवी विकास सारडाले लहानस्थित रामकुमार सारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताललाई ४ थान बेन्च सहयोग गरेका छन् ।

उक्त बेन्चहरू मंगलवार अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित कुमार झा र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहतालाई औपचारिक रूपमा बुझाइयो ।

अध्यक्ष सारडाका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तहरूको चाप बढ्दै गएपछि बस्नेको अभाव नहोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा लाइन्स क्लबका पदाधिकारी शंकर गुप्ता, प्रदीप गुप्ता, रवीन्द्र श्रेष्ठसहित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको सहभागिता थियो ।

अस्पताल प्रशासनले बेन्च सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता पहलहरूले सेवाग्राहीमैत्री वातावरण निर्माणमा ठोस भूमिका खेल्ने बतायो ।

स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि निजी क्षेत्र र सामाजिक संस्थाबाट भइरहेको यस्ता निरन्तर सहयोगले जनताको अस्पतालप्रति भरोसा अझ मजबुत हुँदै जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय