लहान । सिरहाको लहान मालपोत कार्यालयमा कार्यरत कर्मचारी खगेन्द्र यादवले भू–सेवा सञ्चालक पप्पु साहमाथि छुरा प्रहार गरेका छन् ।

सेवाग्राहीको काम लिएर फाँटतर्फ जाँदै गरेका साहसँग यादवले घुस रकम मागेको र नदिएपछि काममा आलटाल गर्न थालेपछि दुवैबीच भनाभन भएकाे प्रत्यक्षदर्शी बताए ।

उक्त भनाभन झन्डै झगडामा परिणत हुँदा कर्मचारी यादवले साहलाई छुरा प्रहार गरेकाे लेखनदास गुरुदेव यादवले बताए ।

घटनापछि कार्यालय परिसरमा केहीबेर तनाब सिर्जना भएको थियो ।

छुरा प्रहारबाट पप्पु साह सामान्य रूपमा घाइते भएका छन् र अहिले स्वास्थ्य अवस्थामा सुधार छ ।

घटनामा संलग्न कर्मचारी खगेन्द्र यादवलाई लहान प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय