मनिषा मण्डल
सिरहा । जिल्ला पर्सी, बहुदरमाई नगरपालिकामा बिना सूचना प्रकाशन झुट्टा बिल देखाई अनियमितता गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

आरोप अनुसार, आर्थिक वर्ष २०७९/०८० मा वडा नं. ३ अन्तर्गत सडक मर्मत कार्यका लागि बोलपत्र सूचना राष्ट्रिय वा स्थानीय तहका माध्यममा प्रकाशन नगरी झुट्टा विवरण तयार गरी भुक्तानी लिइएको भनिएको छ। सूचना प्रकाशन नै नगरी बिल भर्ने, भर्पाई बनाइ भुक्तानी लिने कार्यमा संलग्न गरी भ्रष्टाचार गरिएको दाबी उजुरीमा उल्लेख छ ।

प्रतिवादीका रूपमा तत्कालीन प्रशासन शाखाका प्रमुख महमद शेरिफ मुसतफा, सह–लेखापाल उपेन्द्र कुमार साह र स्थानीय दैनिक पत्रिका प्रगतिसिल दैनिक का प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहको नाम उल्लेख गरिएको छ ।

मागदाबी
उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा करिब रु. ६५,००० बराबरको क्षतिपूर्ति तथा सोही ऐनको दफा ९ अनुसार निज बिगो असूल गर्न माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक सार्वजनिक पदमा बसेका व्यक्तिहरूले सूचना प्रकाशनजस्ता अनिवार्य प्रक्रिया बेवास्ता गर्दे अनियमितता गरेको उजुरीहरूलाई प्राथमिकताका साथ छानबिन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय