राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा जिल्ला सुखीपुर नगरपालिका–८ की ९ वर्षीया प्रतिभाशाली एनी चौधरी (ANNIE CHAUDHARY) ले राष्ट्रव्यापी रियालिटी शो Nation’s Got Talent | Season 2 – Kids Dance Reality Show को Grand Premiere मा टप २१ उत्कृष्ट प्रतिभामा स्थान बनाउन सफल भएकी छन् ।

उनको निरन्तर मेहनत, कलात्मक प्रस्तुति र आत्मविश्वासपूर्ण उपस्थितिले उनी आज देशभरका दर्शक तथा निर्णायकहरूको विशेष मन जित्न सफल भएकी छिन् ।

एनी चौधरी सिरहा जिल्ला सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने बद्री नरायण चाैधरीकाे नाति अमित चौधरीको छोरी हुन् ।

सामान्य परिवारमा हुर्केकी एनीले संगीत, नृत्य र प्रस्तुती कलामा आफूलाई निरन्तर निखार्दै आएकी छिन् । कलालाई मनदेखि प्रेम गर्ने उनको समर्पणले नै उनलाई आज हजारौँ प्रतिस्पर्धीबीचबाट अगाडि ल्याएको छ ।

यो सिजन सामेल हुन जेष्ठ महिनामा १८०० जनाभन्दा बढी प्रतिस्पर्धीले देशभरबाट अडिसन दिएका थिए । त्यसमध्ये धेरैजना प्रतिभा उजागर हुँदै आएका भए पनि एनीले आफ्नो अद्वितीय प्रस्तुती र अनुशासित मेहनतका कारण निर्णायकहरूको ध्यान खिच्दै Grand Premiere को Top 21 मा स्थान पक्का गरेकी हुन् ।

उनले अहिले सिजन जित्नका लागि निरन्तर तयारी गर्नेक्रममा दर्शक र शुभेच्छुकहरूसँग भोटिङमार्फत समर्थन मागिरहेकी छन् । एनीलाई अवसरको ढोका अहिले अझ बढ्दै गएको छ भने मधेश प्रदेश र सिरहाका स्थानीयवासीहरूले उनको सफलतालाई गर्वका साथ हेरेका छन् ।

सामान्य परिवारकी छोरी एनीले आज “प्रतिभा, मेहनत र आत्मविश्वास भए जीवनमा केही पनि असम्भव छैन” भन्ने सन्देश पनि दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय