मनिषा मण्डल 

सिराहा / राष्ट्रिय धान दिवसका अवसरमा धान रोपाइँका लागि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर सिरहामा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुखीपुर नगरपालिका–८ निवासी सुरेश पण्डितका १६ वर्षीय छोरा बिपिन पण्डित रहेका छन् ।

स्थानीयका अनुसार धान रोपाइँका लागि मोटरबाट खेतमा पानी तान्ने क्रममा मोटरमा विद्युत् सर्ट भएपछि करेन्ट प्रवाह हुँदा बिपिनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनी घटनास्थलमै अचेत भएका थिए ।

घटनापछि तत्काल उपचारका लागि लहानस्थित अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय