काठमाडौं / नेपाली राजनीतिमा नयाँ समीकरण बन्ने तयारीका बीच एक नाटकीय मोड आएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीचको बहुप्रतीक्षित एकता घोषणाको दिनमै नाटकीय रूपमा नाउपा संरक्षक रेशमलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

एकता घोषणा कार्यक्रमको तयारी भईरहेका बेला प्रज्ञा प्रतिष्ठानमै पुगेका चौधरीलाई प्रहरीले पुरानो अदालतको फैसलालाई कार्यान्वयन गर्दै डिल्लीबजार कारागार लगेको हो ।

यो घटनापछि कार्यक्रम तत्काल स्थगित गरिएको छ भने जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन् ।

‘पार्टी एकीकरणको घोषणाका लागि हामी तयार भईरहेका थियौं । तर, प्रहरीको यो कदम पूर्ण रूपमा अलोकतान्त्रिक र योजनाबद्ध देखिन्छ,’ राउतले लेखेका छन् । उनले चौधरीको पक्राउलाई ‘घोर भर्त्सनायोग्य’ भन्दै राज्यसत्तामाथि नै प्रश्न उठाएका छन् ।

राजनीतिक वृत्तमा यस घटनालाई एक ऐतिहासिक अवसरको बिथोलनीको रूपमा हेरिएको छ। अबको राजनीतिक प्रतिक्रिया कस्तो आउँछ भन्ने प्रतीक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय