“जीवनरक्षक सीप सिक्दै उज्ज्वल भविष्यतर्फ कदम”
गिरिजानन्द साह
जनकपुरधाम / मोनास्टिक स्कुल एण्ड कलेजको मुख्य प्रायोजकमा धनुषामा एक दिने निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।
योगदान राष्ट्रको लागि संस्थाको आयोजनामा उक्त तालिम मोनास्टिक स्कुल एण्ड कलेज, जनकपुरधाम, भानुचोकमा सम्पन्न भएको हो ।
तालिम योगदान राष्ट्रको लागि संस्थाका आजीवन सदस्य राकेशकुमार शाहको संयोजकत्वमा सञ्चालन गरिएको थियो। तालिममा योगदान राष्ट्रको लागि संस्थाका केन्द्रीय अध्यक्ष उप्रेतीले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राथमिक उपचार अन्तर्गत विभिन्न आकस्मिक परिस्थितिहरूको व्यवस्थापनबारे विस्तृत जानकारी दिनुभयो ।
प्रशिक्षणका क्रममा बेहोस हुने, छारे रोग, अंग भंग, घाँटीमा अड्किनु, करेण्ट लाग्नु, सर्पको टोकाइ, रक्तश्राव, आगोले पोलेको, विष सेवन, पानीमा डुब्नु, किराको टोकाइ, दम, लु र गर्मी लाग्नु, आघात, स्वासप्रश्वास र रक्तसञ्चार प्रणाली तथा नाकबाट रगत आउनुजस्ता अवस्थाहरूको प्राथमिक उपचार गर्ने विधिहरू प्रयोगात्मक विधिबाट प्रशिक्षण दिइएको थियो। उक्त तालिममा विद्यालयका शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा स्थानीयबासीहरूको सक्रिय सहभागिता रहेको थियो ।





