सिरहा / साच्चिकै भुत हुन्छ त् तपाईंकाे जवाफ हाेला हुन्छ पनि नहुन्छ पनि तर तपाई भुतको कथा अवश्य सुनौ भएकाे हाे । तर आज धनुषा र सिराहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक पूर्णिमा दिन भुत मेला लागेको छ ।
अविश्वासिलो र अद्भुत दृश्य सिरहाको कमला नदीमा कात्तिके पूर्णिमाको बिहान उत्तरायणी कमला नदीमा बर्सेनि भूत मेला लागेेकाे छ ।
एकाबिहानै चिसो पानीमा केही महिला र पुरुष काम्दै, उफ्रिँदै, चिच्याउँदै डुबुल्की मारिरहेका थिए भने केही बाजागाजासहित हातमा बेतको लौरो र बलिरहेको धुपौरो लिएर आफूले पाएको तन्त्रमन्त्र र ज्ञानगुन सिद्धिको कामना गरिरहेका थिए ।
यो अनौठो, अविश्वासिलो र अद्भुत दृश्य थियो– सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित बन्दीपुर, उत्तरायणी कमला नदीको । कात्तिके पूर्णिमाको बिहान उत्तरायणी कमला नदीमा बर्सेनि भूत मेला लाग्छ । मेलामा तन्त्र, मन्त्र सिद्धि गर्ने धामी, झाँक्री, माता र तान्त्रिकहरूको भीड हुन्छ ।





