विन्दे यादव
सिरहा / नि: सन्तानहरु पाेखरी नुहाएर भाखल गर्दा सन्तान प्राप्त हुने मेलामा नि:सन्तान महिला तथा श्रद्धालुहरुकाे लाम लागेकाे छ ।
सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ स्थित प्रत्येक वर्ष वैशाख २ गते लाग्ने पतारी मेलामा सदियाै देखि नि: सन्तान महिलाहरुले भाखल गर्दा सन्तान प्राप्त भएपछि प्रत्येक वर्ष देश विदेशका महिलाहरु भाकल गर्न आउने गरेका छन् ।
पोखरीमा नि:सन्तान ( बाँझो ) हरूले पोखरीमा डुबुल्की लगाएपछि हातमा आउने समान कसैलाई नदेखिने गरी एक किलाे मिटर पर गई देखेर अर्को लुगा लगाउने गर्छन् । सन्तान प्राप्त गरेपछि सन्तानलाई पुन: मेलामा ल्याएर दर्शन गराउने चलन रहेकाेले प्रत्येक वर्ष मान्छेहरुकाे घुईचाे लागने गरेकाे हाे ।
भाखल पूरा भएपछि पोखरीमा डुबल्की लगाउने, लड्डु, पान सुपारी र बोका गर्छन् ।
मेलामा नेपाल लगायत भारतबाट बढी श्रद्धालुहरुको आउने गर्छन् ।
प्रत्येक वर्ष वैशाख २ गतेका एक दिनका लागने गर्छ । राजा हरसिंह देव ठाकुर (बाबा) पुजने गर्छ ।
पतारी पोखरीको महिमा शक्तिशाली र अपरम्पार रहेको छ । पहिला पहिला गाउलेहरुले घरमा खाना पकाउदा पाेखरीकाे पानी नहालेपछि खानाकाे स्वाद नआउने स्वाद विहिन हुने गरेकाे स्थानहरु बताउँछन् ।





