रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाका ७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
स्वतन्त्र युवा संगठनको आयोजनामा आयोजित स्थापना दिवसमा आमरण अनसनमाकारी लगायतकालाई सम्मान, स्लो मोटर साईकल रेस र सांस्कृतिक कार्यक्रम गरी मनाईएको हो ।
तत्कालिन सरकारले सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिवर्तन गरेपछि विभिन्न प्रकारको दबाबमुलक आन्दोलन र ६ दिन देखि आमरण अनसनमा बसेपछि वि.सं. २०७२ चैत २८ गते तत्कालिन नेपाल सरकारले मन्त्री परिषदको बैठकबाट सुखीपुर गाउँपालिकालाई परिवर्तनगरी पुनः सुखीपुर नगरपालिका घोषणा गरेपछि सोही दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
सुखीपुर नगरपालिका स्थापना दिवस चैत २८ गते मनाउने गर्छन् । सुखीपुर गाउँपालिकाबाट नगरपालिकाका परिवर्तन भई सुखीपुर नगरपालिका स्थापना भएको आज ८ वर्ष पुरा भए सकेको छ ।
बुधवार श्री राम जानकी वृज नारायण जनता बहुमुखी क्यापस सुखीपुरको प्राङ्खनमा आयोजित स्थापना दिवस कार्यक्रममा वक्र्ताहरुले नगरपालिका माथि आक्रोश पोखे । नगरपालिकाले मनाउने कार्यक्रम अन्य संस्थाले मनाउनु पर्ने बाध्यता अबको दिनमा नहुन दिन नगर प्रमुखलाई आग्रह पनि गरे ।
कार्यक्रममा तत्कालिन सुखीपुर नगरपालिका बचाऊ संघर्ष समितिका संयोजक विपी भुवन यादवले आज कसैलाई गाली दिने विरोध गर्ने दिन होईन । आज खुशीको दिन हो । आज प्रत्येक घरमा दिप प्रजव्लन गर्ने दिन हो । यो कार्यक्रम नगरपालिकाले मात्रै आयोजना गर्ने कार्यक्रम होईन् । सुखीपुर नगरपालिकाका सम्पूर्ण नगरवासीले आ आफनो घरमा मनाउने कार्यक्रम रहेको भन्नुभयो ।
सुखीपुर नगरपालिकाका ईन्जिनियर डोमी यादवले आजको दिन एकदमै खुशीको दिन हो । आउने दिनमा अझै भव्यता रुपमा दिवस मनाउन वजेट विनियोजन गर्न जनप्रतिनिधीहरुलाई आग्रह गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सुखीपुर नगरपालिकाका वडा नम्वर ३ का वडा अध्यक्ष तथा तत्कालिन आमरण अनसनकारी हरेराम यादवले हाम्रो चुक हो । हामी वजेट विनियोजन गर्न लगाएनौ तर अब आफनै पालामा आउने दिवसहरु भब्यताका साथ हुने प्रतिवद्धता गर्नुभयो ।
त्यसैगरी सुखीपुर नगरपालिकाका वडा नम्वर ८ का वडा अध्यक्ष किशोरी प्रसाद चौधरीले सुखीपुर नगरपालिकाका नगर प्रमुखलाई आउने दिनमा परिवर्तन गरेपछि मात्रै भव्य कार्यक्रम हुने छ । हामीहरुले गर्ने कार्य अरुले गरिदिएकोले लाज लागि रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा आमरण अन्सनकारी विन्देश्वर पजियार , डा. ल्युसुन यादव लगायतले शुभकामना दिनुभएको थियो भने कार्यक्रमको संचालन श्याम कुमार यादव, स्वागत मनत्वय रोयाण्टर मण्डल, कार्यक्रमको प्रमुख आतिथी समाजसेवी राम प्रसाद चौधरी आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता स्वतन्त्र युवा संगठनका संयोजक गुमस्ता कुमार यादवले गर्नु भएको थियो ।
२०७२ चैत २८ गते दिन फर्केर हेर्दा
सुखीपुर नगरपालिका बचाऊ सघर्ष समितिका संयोजक वीपी भुनव यादबले सुखीपुर नगरपालिकालाई गाउँपालिकामा रुपान्तरण गरेको विरुद्धमा सुखीपुर नगरपालिका कायम गराउन चैत २३ गते बुधवार बेलुका १ बजे देखि विपी भुवन यादब , राम किशुन यादब, राम भरोष साह, हरेराम यादब, विन्देश्वर पजियार आमरण अनसनमा बस्ने घाेषणा गर्नुभयाे ।
साेहीमा सुखीपुर नगरपालिकामा परिणत नभए सम्म पानी पनि नखाने वहाँहरुले वचन लिई आमरण अनसन तत्कालिन सुखीपुर गाउँपालिकाकाे कार्यलय अगाडिमा आमरण अनसन शुरुआत गर्नुभाे ।
दिन वित्दै गए रहेको थियो । गाउँ घरमा चर्चा बेजोर हुन थालेकाे थियो । यता अनसनकारीहरुकाे स्वास्थ्य अवस्था खराब हुन थाले पछि कति जनाले आमरण अनसन तोड्न आग्रह गरे तर वहाँहरुको प्रणकाे अगाडी कसैको केही चलेन । गाउँमा अब चिन्ता बढ्न थाल्यो के हुन्छ भनेर अनसनकारीहरुको आफन्तहरु विभिन्न माया जालका कुराहरु गर्दा पनि वहाँहरुको एउटै स्वर नगरपालिका घोषणा होस् ।
आमरण अनसनमा बसेका अनसनकारीको स्वास्थ्य अवस्था एकदमै खस्कदै गएको थियो ।अनसनकारीहरुको व्लडप्रेशर एकदम लो हुदै थियो , डिहाइडेसन लगायतको समस्या देखिएको थियो तर वहाँको प्रणले गर्दा कसैकाे केही चलेन् । अब हामी संचारकर्मीहरु पनि २४ घण्टे स्थल गत रिर्पोटिंगमा लागे पल पलको खबर बनाए । किनभने हामीलाई थाह थियो । यो महान आन्दोलन आमरण अनसनको कुरा राजधानीमा बसेका सरकारलाई दबाब दिन मिडियाले नै ठूलो भुमिका खेलने छन् । म र मेरा सहकर्मी कृष्ण मोहन चौधरीको दिनरात खटाईका कारण अब सुखीपुर अनसनको न्यूज नेपालका अधिकांश पत्र पत्रिका र अन्य संचार माधयमकाे प्राथमिकता समाचार बन्न पुग्यो । समाचार आएपछि खुशी भन्दा बढी डर लागि रहेको थियो । कति दिनको आन्दोलनले सुखीपुर नगरपालिका घोषणा हुने हाे किनभने अनसनकारीको स्वास्थ्य अवस्था विग्रिदै गए रहेकाे थियो । अप्रिय घटना नहोस् भनेर ।
वि.सं. २०७२ चैत २८ गते तत्कालिन नेपाल सरकारले मन्त्रि परिषदको बैठक बसिदै छ भनेर थाह पाएपछि अनसन स्थलमै हरिवंश महतोकाे संयोजनमा राम नाम जाप किर्तन शुरु भयो आशा थियो भगवानको नामले मन्त्री परिषदको बैठकमा बसेका मन्त्रीहरुको सदवुद्धि पायोस् भनेर तर सोही दिन राती १० बजे काठमाण्डौबाट फोन आयो सुखीपुर गाउँपालिकालाई परिवर्तनगरी पुनः नगरपालिकामा परिणत भयो । नगरपालिका पुन घोषणा भएको खबर सुन्दा नै अनशनकारीहरुको हातमा लागेको स्लाइनिंग खोलाई खुशीले नाचगान हुन् थालेको थियो । गाउँ गाउँबाट अनसन स्थलमा जमघट हन् थाले । रातीमा मेला झै लागियो । खबरले गाउँ गाउँमा मान्छेहरुको जमघट भएर एक अर्का खुशी सटासाट गरेको दृश्य गजब थियो ।






