सिरहा / प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सिरहामा विभिन्न सचेतनामूलक कार्यक्रम, र्‍याली तथा कोणसभासहित आजदेखि शुभारम्भ गरिएको छ ।

यस वर्ष विगतका वर्षहरूको तुलनामा स्थानीय तथा प्रदेश सरकारले अभियानको नेतृत्व र अपनत्व लिँदै सामाजिक संघसंस्थासँग सहकार्यमा अगाडि बढाउनु सकारात्मक र अर्थपूर्ण परिवर्तनका रूपमा देखिएको छ ।

विगतका वर्षहरूमा मुख्यतः सामाजिक संघसंस्थाहरूको पहल र अगुवाइमा सञ्चालन हुँदै आएको यस अभियानलाई यस वर्ष स्थानीय सरकारले नेतृत्व गर्दै विभिन्न सामाजिक संघसंस्थाको सहकार्य र साझेदारीमा अगाडि बढाएका छन् ।

 

धनगढीमाई नगरपालिकाको नेतृत्व तथा आयोजनामा मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, समग्र जनउत्थान केन्द्र, सहारा नेपाललगायत विभिन्न संघसंस्थाको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो। अभियानअन्तर्गत डिसेम्बर १० सम्म विभिन्न सचेतनामूलक तथा अभियानमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय