राेयाण्टर मण्डल
लहान (सिरहा) /  आज  माघ ५ गते सिरहाकाे सिरहामा १८ औं वलिदानी दिवसकाे अवसरमा आमसभा मनाईने भएकाे छ ।

शनिवार सिरहा स्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखि क्याम्पसकाे खेल मैदानमा जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यमा आमसभागरी बलिदानी दिवस मनाउने भएकाे छ ।

माघ ५ गते विहानै जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु लहान स्थित रमेश महताे सहिद पार्कमा सहिदहरुलाई माला अर्पण गरि त्यस पछि सिरहामा हुने कार्यक्रममा सहभागी हुने मधेश प्रदेशसभा सदस्य तथाजनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय सदस्य ललिता दास विद्राेही जानकारी गराउनुभयाे ।

जिल्ला अध्यक्ष अशाेक यादवकाे अध्यक्षतामा बसेकाे बैठकले कार्यक्रम भव्य बनाउने निर्णय समेत गरिएकाे छ ।

२०६३ माघ  ५ गतेमा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रथम बलिदानीको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो ।

लहान स्थित  मधेश आन्दोलनका नाईके स्वर्गीय कृष्ण बहादुर यादवकाे नेतृत्व भएका आन्दोलन क्रममा लहानस्थित न्यु मनाेकामना बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी माघ ५ गते रमेश महतो पहिलो शहीद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

देश संघियतामा गएपछि साेही दिनकाे अवसरमा माघ मधेश प्रदेशमा सार्वजनिक बिदा दिईदै आएकाे थियाे तर यस पटक कांग्रेस र एमालेकाे सहकार्यमा जनमत पार्टीको नेतृत्व मधेश प्रदेश  सरकार  रहेकाेले सार्वजनिक विदा दिन्छ कि दिदैन हेर्न बाकी छ ।

माघ ५ गते मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाईदै आए रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय