विन्दे यादव
लहान ( सिरहा) / मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले  पुर्व प्रधानमन्त्री पुष्प कमल दहालले आफू प्रधानमन्त्री भएकाे बेला केही गर्न नसक्ने अहिले विभिन्न मंचमा झुटफुस भाषण गर्ने आराेप लगाउनुभयाे ।

प्रचण्ड ज्यु धेरै कुरा अधिकार कुरा  संविधानमा लेखाउनुभयाे तर संविधान कार्याव्यन र संधियता कार्याव्यनकाे सवाल के गर्नुभयाे ? वहाँ पटक पटक  ३ पटक प्रधानमन्त्री पद ५ वर्ष बस्नुभयाे तर वहाँले बाेलेकाे अधिकारका कुरा र संविधानले दिएकाे अधिकार आफनाे पालामा किन  कार्याव्यन गर्नुभएन  प्रश्नको जवाफ  दिनुपर्छ ।

वर्तमान लोकतान्त्रिक व्यवस्था ल्याउनुमा सञ्चारकर्मीको अग्रणी भूमिका रहेको बताउनुभएको छ ।

आम सञ्चार प्राधिकरण मधेश प्रदेश आयाेजना नेपाल पत्रकार महासंघ सिरहाकाे सहकार्यमा सिरहाकाे लहान स्थित सम्राट हाेटलमा आज मंगलवार आयोजित साइबर सुरक्षा र एआईसम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री लेखीले राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका अतुलनीय रहेको बताउनुहुँदै पत्रकारप्रति आम जनताको ठुलो आशा, भरोसा र विश्वास रहेकाले थप जिम्मेवार, मर्यादित हुँदै नयाँ प्रविधिको उपयोग गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिसँगै समाजमा रहेको विकृति न्युनीकरण गर्ने समाचारलाई प्राथमिकतामा राखी सामाजिक रूपान्तरणमा टेवा पुग्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । स्थानीय ठाउँको परिवर्तनका लागि पत्रकारसहित स्थानीयको अहम् भूमिका रहेको बताउनुभयो ।

उहाँले पत्रकारको समस्याप्रति आफू सम्वेदनशील रहेको बताउनुहुँदै प्रदेशका पत्रकारका लागि एक लाख रुपियाँको स्वास्थ्य बीमा र ७ लाखको दुर्घटना बीमा सुविधा सरकारले दिएको बताउनुभयो । उहाँले चाँडै मधेश प्रदेशका अग्रज पत्रकारलाई सरकारको तर्फबाट सम्मान गर्ने कार्यक्रम राखिएको बताउनुभयो ।

आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभासदस्य ललिता दास (विद्राेही), जिवछी यादव, राजेन्द्र चाैधरी , नेपाल पत्रकार महासङ्घ सिरहा शाखा अध्यक्ष  मनाेज वनैता लगायतले पत्रकारले भोग्दै आएको विभिन्न समस्याको बारेमा आफनो विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा साइबर अपराध र एआई प्रविधिको महत्त्व र आवश्यकताबारे जीवन भण्डारी र प्रकाश मैनालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सिरहा जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय