सिरहा / साच्चिकै भुत हुन्छ त्  तपाईंकाे जवाफ हाेला हुन्छ पनि नहुन्छ पनि तर तपाई भुतको कथा अवश्य सुनौ  भएकाे हाे । तर आज  धनुषा र सिराहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक पूर्णिमा दिन भुत मेला लागेको छ ।

अविश्वासिलो र अद्भुत दृश्य सिरहाको  कमला नदीमा कात्तिके पूर्णिमाको बिहान उत्तरायणी कमला नदीमा बर्सेनि भूत मेला लागेेकाे छ ।

एकाबिहानै चिसो पानीमा केही महिला र पुरुष काम्दै, उफ्रिँदै, चिच्याउँदै डुबुल्की मारिरहेका थिए भने केही बाजागाजासहित हातमा बेतको लौरो र बलिरहेको धुपौरो लिएर आफूले पाएको तन्त्रमन्त्र र ज्ञानगुन सिद्धिको कामना गरिरहेका थिए ।

यो अनौठो, अविश्वासिलो र अद्भुत दृश्य थियो– सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित बन्दीपुर, उत्तरायणी कमला नदीको । कात्तिके पूर्णिमाको बिहान उत्तरायणी कमला नदीमा बर्सेनि भूत मेला लाग्छ । मेलामा तन्त्र, मन्त्र सिद्धि गर्ने धामी, झाँक्री, माता र तान्त्रिकहरूको भीड हुन्छ ।

हिजो साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्रीसहित आएका स्थानीयहरु सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको उत्तरवाहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा पुगेका छन् ।

कात्तिक शुक्ल पूर्णिमाको दिन कमलामा स्नान गर्नाले भूत, बैताल तथा देवी–देवताको गुहान गर्दा विभिन्न समस्याबाट छुटकारा पाइने जनविश्वास छ । धामी–झाँक्रीहरुले आजको दिन भूत र कुल देवताको पूजा गर्ने परम्परा रहेकाले यसलाई धामी–झाँक्री र भुत मेला पनि भन्ने गरिन्छ । नयाँ धामी–झाँक्रीले आजको दिन कमला स्नान गर्दा तन्त्र–मन्त्रमा सिद्ध पाउने विश्वास छ ।

स्नानपछि भक्तजनहरु कमला नदीको शुद्ध पानी घरमा लिएर फर्किन्छन् । यो पानीलाई जमिनमा छर्केर पूजा गर्दा शुद्धता मिल्ने जनविश्वास छ । यस दिन कमलामा स्नान गरे दुःख, कलेश र पापबाट मुक्ति पाइने विश्वास सर्वसाधारणमा रहेको छ ।

यस मेलामा सहभागी हुन भारतबाट पनि ट्याक्टर, बस र जीपमा श्रद्धालुहरुको आगमन हुने गर्दछ। अहिले लाखौंको संख्यामा श्रद्धालुहरुले कमला नदीमा स्नान गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय