राेयाण्टट मण्डल
लहान / सिरहाको लहान नगपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ ।
आज विहीवार पालिकाले लामखुट्टे प्रकाेप र औलो रोगको बढी जोखिम रहेकाले स्थानीयलाई निःशुल्क झुल वितरण गरिएको हो ।
नगर प्रमुख महेश प्रसाद चाैधरी
ले स्थानीयलाई झुल वितरण गर्दै स्वास्थ्य जस्तो अति संवेदनशील विषय भएकाले रोगबाट बच्न विशेष सावधानी अपनाउनु पर्नेमा जोड दिँदै स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।
यसैगरी लहान नगरपालिकामा लामखुट्टे र औलोका सबैभन्दा बढी बिरामी भेटिएका छन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ को झुल वितरण कार्यक्रम रहेकाे छ । हाल सम्म लहान नगरपालिका वडा नम्बर २४ डाडा टोलमा १ सय २५ घरधुरी र वडा नम्वर १५ ढोढ्नामा २ सय ७५ विपन्न तथा दलितलाई वितरण गरेकाे छ ।