विरेन्द्र नेपाल
यो पर्व नेपाल,भारत तथा विश्वका विभिन्न ठाउँहरुमा मनाउने गरेको छ ।
होलि पर्वको महुलमा घर—घरमा खुशियाली बाँडने तथा विभिन्न थरिका शाकाहारी तथा माँसाहारी परिकारहरु खाने गरिन्छ ।
रङ्को पर्व भनेर मानिने होलिको त्यारिमा सबैले क कस्तोलाई रङ आबिर लगाउने सबैको सोचमा नै उत्साहित हुने एक खुशियालिको पर्व पनि भने गर्छ । होलिमा लगाउने लुगाहरु लिकोफिको रूपमा ख्यासखासि बिक्रीवितरण भएको छ ।
लहान लगायत देश भरिको बजारमा होलिको सामग्री किनमेलमा भिड रहेको छ । ब्यपारिहरुले बरसौ दिनसाम्म थुपारेर राखेका रङ आबिर फुचकारी बर्तमान समाय अनुकुलको मुल्य्मा बिक्रि गरि ब्यपारिहरु बर्श दिनको कमाइ होलिमा नै गरेको स्थानिय ब्यपारिको भनाइ रहेको छ ।
विशेष गरी सबैले खोजेको तथा रोजेको परिकार मालपुवा हो । होलिमा बच्चादेखि बृद्धसम्म नयाँ कपडा लगाएर रंग अबिर खेल्ने गर्दछन् । होलिको पूर्वसन्ध्यामा ठाउँ—ठाउँमा होलिका दहन गरे झै दाउरा बाल्ने गरिन्छ जुन सेलाएको खरानीलाई भोलिपल्ट जिउमा लगाएर आशिर्वाद लिने गरिन्छ । साथै विहान पख हिलो खेल्ने पनि परम्परा रहि आएको छ ।
त्यसपछि नुहाई धोई नयाँ कपडा लगाएर पिचकारी सहित रंग अबिरले माया,स्नेह,प्रणय बाँड्ने गरिन्छ । दिउँसोको समयमा ठाउँ—ठाउँमा होलिको गीत गाउँने हालैयाँहरु विभिन्न जोगीरा गीतहरु गाएर मनोरञ्जन प्रदान गर्दछन् । नेपालमा मंलबार पहाडी तथा हिमाली भेगमा होलि मनाइएको छ भने यस वर्ष बुधबार तराई मधेसमा आज मनाइरहेको छ ।
यसै गरी फागु पुर्णिमा मंगलबार भए पनि सो दिन माछा मासु खान नहुने भएकोले यसलाई खानपिनको पर्व मानिएकोले पनि यसलाई भारतमा समेत बुधबार नै मनाइरहेको छ ।
अचेल रंग अबिरमा रासायनको मिसाबट हुने गरेकोले सुरक्षाको साथ होलि खेल्न आग्रह गर्न चाहन्छौ । होलिमा मद्यपान पनि गरिने परम्परा रहेकोले संयमता तथा सभ्यतालाई ध्यान दिदै यो हर्षाेल्लासको पर्व मनाउन आग्रह गर्दछौ । अन्त्यमा रंग तथा अबिरको आकर्षकता झै सबैको जिवनमा आकर्षकता थपियोस् भन्ने कामना सहित शुभकामना व्यक्त गर्दछौं ।





