राेयाण्टट मण्डल 

छजना (सिरहा) / भारतीय बजारमा नेपाली उपभोक्तालाई व्यपारीहरुले ठगी गरी रहेका छन् ।

नेपाल भारत खुला सीमाका कारण नेपाली उपभोक्ता सस्तो समानकाे लाेभमा भारतीय बजारमा दैनिक उपभाेग्य बस्तु किनमेल गर्न जाने गर्छन तर ताैलमा कम र नेपाली रुपैयाँलाई कम मूल्य बनाई (बट्टा ) लिने गरेकाे छ ।

मधुवनी जिल्लाकाे लदनियाँ बजारमा चाेर बजारकाे रुपमा प्रचलित रहेकाे बजारमा ९० प्रतिशत भन्दा बढी नेपाली उपभोक्ताहरु खरिद गर्न गएकाहरुले समानकाे मूल्य शाेध्दा कम मूल्य बताउने गर्छन् तर समान लिई सकेपछि अन्य समानमा बढी मूल्य र एक सय नेपाली रुपैयाँमा ८ देखि १२ रुपैयाँ घटाएर लिने गरेकाे सुखीपुर नगरपालिका वडा नम्बर २ का रामपृत दासले दुखेसो पाेख्नुभयाे ।

वहाँ थप्दै भन्नुभयाे ” मशला तेजपात लगायतका क्याै दैनिक उपभाेग्य वस्तु नेपालमै सस्तो भएता पनि अन्यवृज्ञका कारण भारतमै साेजासाझा उपभाेक्ताहरु समान किनेर ठगीने गरेकाे हुन्छ । यसप्रति सराेकारबलाहरुले ध्यान नदिए देशकाे अर्थतत्रमा असल पुगने छ “

अहिले लगन ( विवाह हुने ) महिना हाे तर नेपाली बजारमा व्यपारीहरुकाे पसलमा ग्राहक छैन् तर भारतीय बजारमा नेपाली उपभाेक्ताहरु हुलकाे हुल किनमेल गर्न जाने गरेकाे सुखीपुरका दराज , फिर्ज तथा भडाकुडा ब्यपारी भगरथ दासकाे दुखेसाे रहेकाे छ ।

नेपाली उद्योगी व्यवसायीलाई प्रभावित बनाएको छ भने अर्को तर्फ अवैध रुपमा दैनिक लाखौँको सामान भित्रिँदा राजश्वमा पनि चुहावट भएको छ ।

सुखीपुर नपा २ का राेहित जेनरल स्टाेर

गुण्स्तरहीन वस्तुको अवैध आयात मात्रै होइन नेपाल सरकारले बन्देज गरेको पशुजन्य वस्तु कुखुराको मासु, अण्डासमेत यहीँबाट भित्रिने गरेको छ । भित्रिनु पनि लुकाएर होइन खुलेआम भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आँखा अगाडिबाट नै भित्रिने गरेकाे सुखीपुर व्यपार समितिका सदस्य राम अशिष दासले जानकारी गराउनुभयाे ।

सुखीपुर नपा २ छजनाकाे मेन चाैकमा सुनसा

प्रतिक्रिया

सम्बन्धित खवर