यादवराज पुरी

रौतहट /  रौतहटको चुरे क्षेत्रमा प्रशस्त रहेको बहुउपयोगी एवं मूल्यवान् वनस्पति ‘खयर’ लोप हुने अवस्थामा पुगेको छ जसका कारण चुरे क्षेत्र उजाडिदै छ। बहुउपयोगी भएकै कारण चोरी निकासी अधिक हुने र स्थानीयले दाउराका रूपमा बाल्न थालेपछि यो अवस्था आएको हो।

रौतहटको चन्दपुर नगरपालिका-२ मा पर्ने चुरे क्षेत्रको महादेवस्थान डाँडामा अवैध रूपमा काटिएका खयरका ठुटा र उठाउन बाँकी रहेका गिंड प्रशस्तै देखिन्छन् । फूलबारी गाउँबाट करिब तीन किलोमिटर उत्तर चुरे क्षेत्रमा तस्करले छानी छानी मोटा/मोटा खयरका रुख काटेका छन् । खयरघारीको नामबाट समेत परिचित उक्त जङ्गलमा खयरका रुख निकै काटिएका छन्। खयरका रुखले नै हरियो देखिने उक्त स्थान अहिले उराठलाग्दो देखिएको छ ।

यता इन्धनको अन्य वैकल्पिक स्रोत नभएका चुरे क्षेत्रका बासिन्दाले खयरको दाउरा बनाई बाल्ने गर्दा पनि लोप हुने अवस्थामा पुगेको हो। खयर बहुउपयोगी वनस्पति भएको जानकारी हुँदाहुँदै पनि इन्धनको अन्य वैकल्पिक स्रोत नभएपछि बाध्य भएर स्वयर नै वाल्नु परेको स्थानीय बताउँछन् ।

फूलबारीका झमकबहादुर थिङ भन्नुहुन्छ, “नजिकै रहेको चुरे क्षेत्रमा सहजै पाइने खयर अन्य वनस्पतिको तुलनामा चिर्न र बाल्न सहज हुने भएकाले सबैले यसैको दाउरा रुचाउँछन्।” स्थानीयवासीले दैनिक खयरका दाउरा ल्याई आँगनमा चाड लगाउने गर्छन्। फूलबारी गाउँका अधिकांशको घर आँगनमा स्वयरका दाउराको चाङ देखिन्छ। वनमा रहेका सालका रुख सबै मासिइसकेकाले स्थानीय स्वयरतर्फ आकर्षित भएका हुन्। फूलबारीका मात्र नभई चुरे क्षेत्रनजिक बसोबास गर्ने अन्यले पनि खयरका दाउरा बाल्ने गरेका छन्।

यसरी दिनहुँ खयरका दाउरा बालिँदा र चोरी निकासी बढ्दै जाँदा निकट भविष्यमा स्वयर सखाप हुने स्थिति आउने सरोकारवालाको गुनासो छ ।

स्थानीय बुद्धिजीवी सुब्वा कार्की भन्नुहुन्छ, “खयर चोरी निकासी र दाउरा बाल्ने कार्य नियन्त्रण गरिएन भने चुरे क्षेत्रमा अझै पनि सहजै पाइने खयर निकट भविष्यमा दुर्लभ हुन्छ। चुरे क्षेत्रको हरियाली उजाड भूमिमा परिणत हुँदै गएको छ। चुरे सङ्कटमा पर्ने खतरामध्येको मुख्य कारण यस क्षेत्रका वनस्पतिको विनाश पनि हो। यस्तो अवस्थामा पनि सम्बन्धित निकाय मौन रहनु राज्यको ‘राष्ट्रपति

चुरे संरक्षण’ नीतिको उपहास गर्नु हो।” डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी विमल ठाकुरले सरकारी दरभाउ अनुसार स्वयर प्रतिघनफिट छ सय रुपियाँमा बिक्री हुने बताउनुभयो तर कत्था तथा कस्मेटिक उद्योगले भने प्रतिकिलो कम्तीमा ३० रुपियाँमा खरिद गर्ने काठ व्यवसायी लेखनाथ कोइराला बताउनुहुन्छ। यसको जरासमेत उपयोगी हुन्छ । स्वयरवाट निकालिने रसायन ‘कत्था’ मसला र औषधी दुवैमा प्रयोग हुन्छ। खयरको वैज्ञानिक नाम ‘एकासिया क्याटेजु’ हो। मझौला कदको रुख हुने भएकाले यसलाई जो कोहीले

पनि सजिलै काट्न सक्छन् ।

डिभिजन वन प्रमुख शैलेन्द्र मिश्रले नयाँ रणनीति अपनाई खयरको संरक्षण गरिने बताउनुभयो। उहाँका अनुसार खयर काटिएको खवर पाउनासाथ घटनास्थल पुगेर उठाउन बाँकी खयरका गोलिया, जड्लभित्रै डमरु आकारको बनाइएका स्वयरको टुक्रा र केही डमरु बनाउन प्रयोग गरिएका औजारसमेत बरामद गरिएको छ। त्यसबारे अनुसन्धान जारी छ। केही वर्षअघि डिभिजन वन कार्यालय रौतहटले चुरे क्षेत्रवाट ठुलो सङ्ख्यामा डमरुको आकार बनाइएका खयरका सामग्री बरामद गरेको थियो। यहाँ निर्माण गरिएका डमरु चीनसम्म तस्करी हुने स्थानीय बताउँछन् ।

– गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर