लहान /  सिरहाको धनगढीमाईमा संचालित मोतिया बिन्दुको अप्रेशनलाई तार्किक निष्कर्षमा पुगाउनका निम्ति नगरका जिन्सी शाखा प्रमुख सम्पैत यादवको अमूल्य योगदानको मूल्यांकन हुन थालेको छ ।

मेडिकल टिम लगाएत बिरामीको लागि आवस्यक ब्यबस्थापनका लागि उनको योगदान आज देखि विशेष मूल्यांकन हुन थालेको अवस्था रहेको देखिन्छ ।

नगरमा आगन्तुक लगाएत बिरामीहरुको खान पिन लगाएत परिसरको व्यवस्थापकीय पक्षमा यादवले बिना आराम लगातार गर्दै आएको योगदानले कुनै पनि व्यक्तिलाई नगरमा जारी शिविरको समयमा आभाव खडकिएन ।

संचालित सर्जिकल सहितको निःशुल्क अप्रेशनको समयमा नगरका तर्फबाट उनले आवस्यक सबै ब्यबस्थापनका लागि लागातार खटिएका थिए ।

स्पस्ट वक्ता र मिजासालु स्वाभावका धनी उनको लागातार सक्रियताले आम बिरामीलाई सुविधा उपलब्ध हुनबाट बिना झन्झट सहजता भएको थियो ।

सेवा अवधिभर उच्च निगरानीको भूमिकामा रहँदै आउनुभएको यादवले नगरमा कुनै अभाबको महसुस हुन दिनु भयेन ।

नगरले आँखा जाँच शिविरलाई तार्किक निष्कर्षमा पुगाउने ब्यक्तित्वहरुलाई उच्च मूल्याङ्कन गरेर सम्मानको लागि पहिचान गर्न भने जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय