दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, कार्तिक २६ गते

 

मिस वेलनेस वर्ल्ड २०२६ की विजेता सानवी मण्डललाई भारतीय लोकसभा सांसद एवं जनता दल (युनाइटेड) का नेता रामप्रीत मण्डलले जनकपुरधाममा विशेष सम्मान गर्नुभएको छ।

 

सानवीको अन्तर्राष्ट्रिय सफलताको सम्मान तथा बधाई दिनकै लागि दिल्लीबाट जनकपुरधाम आउनुभएका सांसद मण्डलले उनलाई आफ्नो परिवारकी नातिनीसरह उल्लेख गर्दै सानवीको उपलब्धि मिथिला, नेपाल र भारतकै गौरव भएको बताउनुभयो।

 

उहाँले सानवीको सफलताले मिथिलाको पहिचान अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्‍याएको उल्लेख गर्दै छोरीहरूको प्रतिभा र क्षमतालाई अवसर तथा प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो। वहाँले जानकी भूमिमा जानकी कै सुन्दर प्रतिमूर्ति जस्तो देखिने सानवी लाई समान गर्न पाउँदा आफूलाई गौरव महसुस भएकाे बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय