जीवछ उदासी
जालझेल र षडयन्त्र नहोस् । बालेनलाई प्रधानमन्त्रीको अनुहार अघि सारेपछि मधेश जुरुक्कै उठ्यो । मधेश प्रदेश एक किसिमले क्लिन स्वीप नै भयो । बालेन रास्वपाको लागि ब्राण्ड भयो । यस ब्राण्डलाई सबैले मन पराइयो । बालेनलाई रास्वपाले संसदीय दलको नेता चुन्न र प्रधानमन्त्री बनाउन कुनै छट्टुपना देखाउनु हुँदैन । यो देश बनाउने मधेशको पालो हो अर्थात् बालेनको प्रधानमन्त्रीत्वमा नै देश समृद्धिको यात्रामा अघि बढ्नुपर्छ । बालेनले सुदुरपश्चिमदेखि पूर्व झापासम्म पुग्दा हरेक मञ्चमा दुई चार मिनेटको सम्बोधनमा जनताको आवाज र देशको बोली बोलेकै कारण ओली जस्तो दिग्गज नेतालाई उहाँकै घरमा गएर कहिले नउठ्नेगरी पछारी दिनु भएको छ । मधेशको हरेक कुना कप्चाबाट उठिरहेको र गुञ्जिरहेको एउटै आवाज बालेनलाई प्रधानमन्त्री बनाउन कुनै खुरापाति षडयन्त्र नहोस् ।
रवि लामिछाने स्वयमले बालेनलाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिए पछि नसोचेको चुनावी परिणाम हात लागेको अनुभव गर्नु भएको छ । रवि र बालेन एक अर्काको पुरक भएर देशको निकास र विकास दिन जनतामा व्यक गरिएका प्रतिबद्धतामा दृढ रहन आवश्यक छ । खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने हर्कत रास्वपाले गर्ला भन्ने लागेको छैन । रास्वपालाई गलती गर्ने छुट पनि छैन । काम गर्न सजिलोहोस् भनेर नै दुई तिहाइ दिएको छ । राजनीतिमा शुद्धीकरणको लागि षडयन्त्र छलकपट र धोकाधारी क्षम्य नहुने यो चुनाव परिणामको सन्देस पनि हो । किसुनजीलाई प्रधानमन्त्रीको नाम अघि सारेर गरिएको धोकाले काँग्रेसमा जन्मेको द्वन्द्वले कहाँ पुर्याएको हो जग जाहेर नै छ ।
तसर्थ,बालेनको विकल्प खोज्ने चर्चा गर्नु पनि जनभावना विपरित हुनेछ । ५ वर्ष निर्विकल्प बालेन ।





