राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा क्षेत्र नं. २ अन्तर्गत धनगढीमाई नगरपालिकाका वडा नं. ८, ९, १०, ११ र १२ का सयौँ नेता–कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै सामूहिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

सामूहिक रूपमा आयोजित कार्यक्रममा स्थानीय युवा, महिला तथा पुराना राजनीतिक पृष्ठभूमिबाट आएका नेताहरूको उल्लेखनीय उपस्थिति देखियो ।

प्रवेश कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिव कुमार यादव (शिव) ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै “रास्वपा जनताको विश्वास र परिवर्तनको आवाज बनेर उभिएको छ” भन्ने प्रतिक्रिया दिए ।

उम्मेदवार यादवले नवप्रवेशीहरूको आगमनले संगठन थप सबल बनेको र चुनावी अभियानलाई नयाँ ऊर्जा प्राप्त भएको बताए ।

स्थानीय राजनीतिक विश्लेषकका अनुसार, रास्वपा प्रवेशको यो लहरले चुनावी माहोललाई थप तातेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय