राेयाण्टर मण्डल
लहान / लहान नगरपालिका–२२ सिसवनीका ४५ जना शीतलहर पीडित सदाय समुदायका व्यक्तिहरुलाई लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले फाइबर सिरक वितरण गरेका छन् ।

आज बुधवार विहानै नगर प्रमुख चौधरीले चिसोको कठ्याङ्ग्रिने मौसममा जोखिममा परेका विपन्न परिवारलाई तत्काल राहतको रूपमा सिरक वितरण गर्दै नगरपालिकाले जनताको सुरक्षाका सवालमा सधैं संवेदनशील रहेको बताउनुभयाे ।

वहाँका अनुसार शीतलहरका कारण जनजीवन प्रभावित भएको हुँदा नगरपालिका स्वास्थ्य, आवास तथा आपतकालीन राहतका कार्यक्रमलाई निरन्तरता दिएकाे छ ।

वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि र समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।

राहत पाएकाहरुले नगर प्रमुखे चिसाे माैसममा हामी गरिबशरुलाै फाईबर सिरक सहयोग गर्नुभएकाेले नगर प्रमुख र लहान नगरपालिका प्रति आभार व्यक्त गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय