मनिषा मण्डल
लहान / सङ्गगोर मिथिला नेपाल, लहान, सिरहाको आयोजनामा शनिबार ‘साहित्यिक विमर्श तथा कवि गोष्ठी’ गोपाल सेवा सदन, लहान–१ मा सम्पन्न भएको छ ।

कार्यक्रम विविध साहित्यिक चर्चा–विमर्श तथा कवितावाचनसँगै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।


अध्यक्ष हृदय नारायण यादवकाे अध्यक्षता भएकाे कार्यक्रमकाे प्रमुख अतिथि प्राध्यापक हिरालाल कर्ण, विशिष्ट अतिथि समाजसेवी राकेश झा, विशेष अतिथि शेख मिडिया हाउसका सञ्चालक फिरोज शेख रहेका थिए ।

गोष्ठीमा वरिष्ठ साहित्यकार अर्जुन प्रसाद गुप्ता ‘दर्दिला’, कवि रोयण्टर मण्डल, लाल बिहारी यादव, श्रीराम मण्डल ‘भरोसी’, पत्रकार तथा संस्थापक सदस्य महेश सिंह, मिलाफ नेपालका पूर्व अध्यक्ष तथा कवि श्रीराम मण्डल ‘भरोसी’, सुरेश प्रसाद सिंह, रामधिन राम ‘अधीन सम्भव’, शास्त्रीय संगीत प्रशिक्षक राजकुमार यादव लगायतले साहित्यिक विमर्श तथा कविता वाचन गरेकोे थियो ।

कार्यक्रममा संस्थाका सह–सचिव रितेश मैथिलसहित सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन संस्थाका सूत्रधार दिनेश रसियाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय