राेयाण्टर मण्डल
लहान । जेन-जी आन्दोलनका क्रममा लहानका विभिन्न सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडपछि सेवाग्राहीलाई सेवा प्रवाह सहज बनाउन लहान नगरपालिकाले पाँच कार्यालयलाई एक/एक थान कम्प्युटर र प्रिन्टर सेट हस्तान्तरण गरेको छ ।
नगरपालिकाले घरेलु तथा साना उद्योग कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय र इलाका प्रशासन कार्यालय (ईलाका प्रशासन कार्यालय) लाई आवश्यक प्रविधियुक्त सामग्री उपलब्ध गराएको हो ।
मेयर महेश चौधरीले तोडफोडका कारण प्रभावित सेवा प्रवाहलाई सामान्य अवस्थामा फर्काउनका लागि नगरपालिकाले सहयोग स्वरूप प्रविधि हस्तान्तरण गरिएकाे नगर प्रमुख महेश चाैधरीले बताउनुभयो ।
वहाँका अनुसार, “सेवाग्राहीलाई सरकारी सेवा पाउन कुनै समस्या नहोस् भनेर नगरपालिकाले आवश्यक उपकरण उपलब्ध गराएको हो ।”
आन्दोलनका क्रममा ती कार्यालयका कम्प्युटर, प्रिन्टर, अभिलेख तथा अन्य सामग्री जलेर वा क्षतिग्रस्त बनेका थिए। उपकरण अभावका कारण सेवा लिने सर्वसाधारण समस्या झेलिरहेका थिए।
नयाँ कम्प्युटर–प्रिन्टर हात परेपछि अब ती कार्यालयमा दैनिक सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।





