मनिषा मण्डल
लहान । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ तेनुवापट्टी नरगी निवासी १८ वर्षीया प्रीति यादव मृत अवस्थामा फेला परेकी छन्।
लहान–८ मा डेरा लिएर बस्दै आएकी यादव एलएमसी कलेज लहानमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
सोमबार बिहान उनी डेराको कोठामै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनाबारे प्रारम्भिक जानकारी अनुसार मृत्यु हत्या हो वा आत्महत्या भन्ने विषयमा यकिन खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।
घटनास्थलको अनुसन्धान भइरहेको र विस्तृत विवरण अनुसन्धानपछि मात्रै आउन सक्ने प्रहरीको भनाइ छ ।
युवतीको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







