राेयाण्टर मण्डल
लहान (सिरहा) । अखिल विश्व गायत्री परिवार सिरहाको आयोजना लहान नगरपालिकाको सहकार्यमा व्यक्तित्व विकास अभियान अन्तर्गत शिक्षक गरिमा कार्यशाला गोष्ठी आज लहानस्थित गोपाल धर्मशालामा हुने भएको छ ।
“संस्कृति र संस्कार सहितको शिक्षा : आजको प्रमुख आवश्यकता” भन्ने मूल विषयमा आधारित उक्त गोष्ठीमा स्थानीय विद्यालयका शिक्षक, शिक्षाविद्, समाजसेवी तथा नगर प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।
आयोजक गायत्री परिवारका चन्देश्वर कामैतका अनुसार कार्यशालाले शिक्षकहरूलाई नैतिकता, आचरण, संस्कार र व्यक्तित्व विकासतर्फ प्रेरित गर्नेछ । साथै, सहभागीहरूले शिक्षाको गुणस्तरीय सुधार र शिक्षक पेशाको गरिमा अभिवृद्धिका विषयमा विचार–विमर्श गर्ने कार्यक्रम रहेको छ






