मनिषा मण्डल
लहान, सिराहा । लहान नगरपालिका वडा नं.–३ मा नवनिर्मित वडा कार्यालय भवनको आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लहान नगरप्रमुख महेश प्रसाद चौधरीले विधिवत् रूपमा भवनको उद्घाटन गर्नुभयो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष रामदयाल महतोले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। नवनिर्मित भवन सञ्चालनमा आएसँगै सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।





