मनिषा मण्डल 

लहान ( सिरहा) / लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गर्दै सामाजिक तथा वातावरणीय चेतनाको सन्देश दिएका छन् ।

उनले आज राजदेवी पञ्चावति मन्दिर परिसर र लक्ष्मी लीलाराम कुवेर माध्यमिक विद्यालय (ल.ल.कु.मा.वि.) को प्राङ्गणमा रुद्राक्ष र समीका बिरुवाहरू रोपेका हुन् ।

जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई समाज र प्रकृतिप्रतिको जिम्मेवारीका रूपमा प्रयोग गर्ने उद्देश्यले गरिएको वृक्षारोपण कार्यक्रमले स्थानीयवासीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

मेयर चौधरीले यस अवसरमा वातावरण संरक्षण र हरियाली वृद्धिका लागि सबैलाई वृक्षारोपणमा सहभागी हुन आग्रह गरे।

“हरेक जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोप्ने परम्परा बसाल्न सके, केही वर्षमै हाम्रो नगर हराभरा बन्न सक्छ,” मेयर चौधरीले भने।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय