लहान ,(सिरहा) / लहान नगरपालिका–१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा शिक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले आन्दोलन थालेका छन् ।

कक्षा अवरुद्ध गर्दै विद्यालय परिसरमै प्रदर्शन गरेका उनीहरूले नियमित पढाइ, शिक्षकको उपस्थिति, प्रयोगशाला र शौचालय सुविधा लगायतका मागहरू राखेका छन् ।

विद्यार्थीहरूका अनुसार विद्यालय प्रमुख देवेन्द्र यादव शिक्षण समयमा मोबाइल चलाउने, अफिसमा वाईफाई प्रयोग गरी बसेको र शिक्षणमा लापरबाही गरेको आरोप लाग्दै आएको छ। “यस्तो हेडमास्टर चाहिँदैन” भन्दै हुटिङ गरिएको छ।

अभिभावकहरू समेत आन्दोलनमा समर्थन जनाउँदै प्र.अ. यादवले विगतदेखि नै विभेद, दुर्व्यवहार र परीक्षा भ्रष्टाचारमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् । तत्काल सुधार नभए आन्दोलन थप चर्काउने चेतावनी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय