राेयाण्टर मण्डल
सिरहा / लहान नगरपालिकामा शिक्षा पूर्वाधार सुदृढीकरणको नयाँ आयामले चर्चा बटुल्दै  आए रहेको छ ।

आज लहान नगरपालिका वडा नम्बर ३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विधालयमा  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चाैधरीले  निर्माण गरिएको चार कोठे नयाँ भवनको समुद्घाटन गरिएकाे छ ।

आज भएकाे भवन उदाहरण मात्र हुन् नगर भरी शिक्षा क्षेत्रमा सुधार र गुणस्तरीय शिक्षा प्रदान गर्न क्याै भवन नगरपालिका, प्रदेश र संघ सरकारबाट सहकार्य गरी शिक्षा सुधारमा नाैलाे परिवर्तन गर्ने अभियान थाल्नुभएकाे छ ।

आज लहान नगरपालिका वडा नम्बर ३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिककाे पनि  विशेष समारोहबीच नगर प्रमुख  चौधरीले भवनको उद्घाटन गर्नुभएको हो ।

उक्त भवन निर्माणपछि विद्यालयमा सिकाइको गुणस्तर वृद्धि हुने छ ।

उद्घाटन कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न प्रतिनिधिहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नगरप्रमुख चौधरीज्यूले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकासमा नगरपालिकाले निरन्तर प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

उहाँले विद्यालयको पूर्वाधार सुदृढीकरणसँगै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमा विधालय व्यवस्थापन समितिका अध्यक्ष महेश कुशवाहा अध्यक्षता रहेकाे थियो भने नगर प्रमुख चाैधरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन समाराेह  समापन्न भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय