राेयाण्टर मण्डल
सिरहा / बरियारपट्टी गाउँपालिकाकाे ऐतिहासिक कदम पोखरीको बाउन्ड्री तथा छठकाे शिलान्यास गरिएकाे छ ।
बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुरमा अवस्थित ऐतिहासिक कदम पोखरीको उत्तर साइडमा बाउन्ड्री तथा छठ घाट निर्माण कार्य शुरुवात गरिएको छ।
आज शुक्रवार एक कार्यक्रमका बिच बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता यादवले उक्त योजनाको शिलान्यास गरेकी हुन् ।
उक्त निर्माण कार्य भौतिक पूर्वाधार विकास मन्त्रालय, जनकपुरधामको आर्थिक सहयोगमा सञ्चालन हुने जनाइएको छ ।
बाउन्ड्री वाल र छठ घाट निर्माणका लागि कुल लागत ५० लाख रुपैयाँ रहने उपभोक्ता समिति अध्यक्ष रामकुमार यादवले जानकारी दिएका छन् ।
स्थानीयवासीहरूले निर्माण कार्य सम्पन्न भएपछि छठ पर्व लगायत अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू व्यवस्थित रूपमा गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।





