सिरहा / जनकपुरधामलाई छोटो बाटोमै जोड्ने राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक अन्तर्गत सिरहा–सप्तरी जोड्ने कमला नदीको पुल वर्षौंदेखि अधुरो छ। यही अधुरो संरचनाका कारण सिरहा नगरपालिका–६ का बासिन्दा वर्षायामको सास्ती वर्षौंदेखि भोग्दै आएका छन् ।

स्थानीयवासी वर्षा याम बाहेक अन्य समयमा आफ्नै प्रयासमा बनाइएको काठेपुलमार्फत आवतजावत गर्छन्। तर हरेक वर्ष बाढी आउनासाथ काठेपुल बगाउँछ र बासिन्दालाई फेरि डुंगा र जोखिमपूर्ण यात्रा रोज्न बाध्य बनाउँछ। “जनकपुर जान जयनगरको बाटो समाउनुपर्छ, या त एक सय रुपैयाँ तिरेर डुंगा चढ्नुपर्छ,” वडा नं. ६ का अध्यक्ष इन्द्रजित यादवले गुनासो पोखे ।

उनका अनुसार आधा घण्टाको यात्रा मिर्चैया–ढल्केवर हुँदै तीन घण्टासम्म पुग्ने बनाइएको छ। यसले न केवल समय, ऊर्जा र खर्च बढाउँछ, तर जनकपुरधामलाई प्रदेश राजधानी बनाउनुको मूल उद्देश्यमै प्रश्न उठाउँछ ।

तराई मधेसको ‘लाइफलाइन’ मानिएको हुलाकी सडकको महत्त्व अझै गहिरिएको छ, तर कमला पुल निर्माणमा भएको ढिलाइ र अन्योलले योजनाको प्रभावकारिता खल्बल्याएको छ। सम्पन्न भइसकेको भनिएको आयोजना बाढीले बगाएको पुलसँगै अलपत्र देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय