मनिषा मण्डल
सुखीपुर (सिरहा) / हिजो राति आएको हावा हुरीसहितको वर्षा र चट्याङले सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी उपेन्द्र चौधरीको भैंसीको मृत्यु भएको छ ।
स्थानीयका अनुसार राति करिब १२ बजे तिर परेको चट्याङले चौधरीको गोठमा बाधिएको भैंसीलाई ठक्कर दिएको थियो । घटनास्थलमै भैंसीको मृत्यु भएको छ भने गोठमा सामान्य क्षति पुगेको बताइएको छ ।
वर्षासँगै आएको हावाहुरीले क्षेत्रका अन्य कृषकहरूलाई समेत क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ। स्थानीय प्रशासनले क्षतिको विस्तृत विवरण संकलन गर्ने काम थालेको छ ।
प्राकृतिक प्रकोपबाट भएको क्षतिप्रति स्थानियवासीले दुःख व्यक्त गरेका छन् र पीडितलाई उचित राहत दिन माग गरेका छन् ।





