सिरहा । गोलबजार नगरपालिका-४ स्थित हाइवे होटलबाट लागुऔषध खैरो हिरोइनसहित होटल संचालिका र एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ बनिनियाकी नगिरा खातुन तथा गोलबजार नगरपालिका-७ चोहर्वाका १८ वर्षीय राजन जयसवाल रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा होटलमा खानतलासी गर्दा १७ वटा कालो प्लास्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने १.73 ग्राम लागूऔषध (प्लास्टिक बाहेक ६७० मिलिग्राम) बरामद गरेको हो।

त्यसैगरी, होटल बाहिर रहेका जयसवाललाई शंका लागि चेकजाँच गर्दा २ वटा कालो प्लास्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने १५० मिलिग्राम लागूऔषध (प्लास्टिक बाहेक ४०  मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले होटल संचालिका खातुन र जयसवाललाई नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरू गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय