सिरहा । औरही गाउँपालिका-५ मा क्याम्पस स्थापना गर्ने उद्देश्यले आयोजना हुन लागेको महायज्ञका लागि चन्दा संकलन भइरहेको छ। तर, संकलित रकमको पारदर्शिता नहुँदा स्थानीयहरूबीच शंका पैदा भएको छ।

महायज्ञका लागि उठाइएको रकम एनएमबी बैंक, औरही शाखामा जम्मा गर्न गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलीप यादवको नाममा खाता खोलिएको छ। तर, बैंकमा अहिलेसम्म रकम जम्मा भएको छैन।

गाउँपालिका अध्यक्ष शिवजी यादवले करिब १५ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन्। तर, सो रकम अझै बैंक खातामा जम्मा नगरिएकाले यसको पारदर्शिता नहुँदा स्थानीयहरू चिन्तित बनेका छन्।

एनएमबी बैंक, औरही शाखाका प्रबन्धक रविन्द्र यादवका अनुसार शिवजी यादव र दिलीप यादवको संयुक्त बचत खाता खोलिएको छ।

उनले भने, “खातामा रकम जम्मा भएमा मात्र यसको विवरण दिन सकिन्छ, तर अहिले सम्म कुनै रकम जम्मा गरिएको छैन।”

महायज्ञका लागि समिति गठन गरिए पनि संकलित रकमको जानकारी समितिलाई उपलब्ध नगराइएको गुनासो छ। स्थानीयहरूले चन्दा संकलनको प्रक्रिया खुला र पारदर्शी हुनुपर्ने माग गर्दै रकमको उचित व्यवस्थापन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय