मनिषा मण्डल
जनकपुरधाम  / आज फाल्गुन २२ गते विहीवार  विवाहकाे मुख्य (लगनकाे दिन) विवाहकाे सिजन कारण जनकपुरका व्युटी पार्लरहरूमा ग्राहकहरूको संख्या ह्वात्तै बढेको छ ।

सौन्दर्य सेवा लिने महिलाहरू तथा युवतीहरू पार्लरमा घुइँचो लगाइरहेका छन्, जसका कारण कतिपय स्थानमा पालो कुरेर बस्नुपर्ने अवस्था आएको छ।

जनकपुरको प्रमुख बजार क्षेत्रमा रहेका पार्लरहरूमा विशेष गरी फेशियल, हेयर स्टाइल, ब्राइडल मेकअप, मेनिक्योर-पेडिक्योर, तथा स्किन केयर सेवाका लागि ग्राहकहरूको भीड लागेको छ।

“हामी दिनभर व्यस्त छौं, ग्राहकको संख्याले गर्दा भ्याई नभ्याई छाै,” जनकपुर स्थित कदमचाैकमा  ग्लो व्युटी पार्लर एण्ड नेल स्टुडियो पार्लर संचालन गर्दै आएका सञ्चालिका राखी विजेता बताउँछिन् ।

पछिल्ला केही दिनयता विवाहकाे सिजनमा फेस पेन्टिङ, नेल आर्ट, र हेयर डाइ गर्ने ग्राहकहरूको चाप पनि बढेको छ। “विहेमा नयाँ लुक ट्राइ गर्न चाहन्छु, त्यसैले पार्लर आएकी हुँ,” नव बेहुली लक्ष्मी मण्डलले भनिन् ।

आज मेराे विहे छ तर बेलुका ६ बजे देखि लाईनमा छु । अहिले राती ११ बजन लागेकाे छ । तर अहिले सम्म मेकप भएकाे छैन् ।

उनले थप्दै भनिन् “पार्लर संचालककाे बाध्यता पनि हाे । आज विहेकाे लगन एकदमै भएकाे भिड बढेकाे छ । अहिले विहेमा पार्लरमा मेकप गराउने चलन नै चलेकाे छ । मेकप नगराई विहेकाे स्वमबरमा जानै मन लागदैन् के गरु ? “

विवाहकाे चहलपहल बढेसँगै पार्लर व्यवसायीहरू खुशी छन्। “विवाह सिजन र चाडपर्वका कारण व्यापार राम्रो हुने गरेकाे अर्को व्युटी पार्लर सञ्चालक बताउँछन्।

यता, ग्राहकहरूको अत्यधिक भिडका कारण कतिपय पार्लरहरूमा व्यवस्थापनमा समस्या आएको छ ।

“धेरै कुर्नुपर्छ, कतिपय पार्लरले अग्रिम बुकिङ मात्र लिइरहेका छन्,” एक ग्राहकले गुनासो गरिन् ।

जनकपुरका पार्लर व्यवसायीहरूले सेवामा थप सुधार ल्याउन र भीड व्यवस्थापन गर्न नयाँ रणनीति अपनाउनु पर्ने ग्राहकहरुकाे गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय