लहान, फागुन १५ – शुक्रबार बिहान भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान २:५१ बजे आएको हो ।

भूकम्पको झट्का लहानमा मात्र नभई देशका विभिन्न भागहरूमा महसुस गरिएको थियो। साथै, भारतको दार्जिलिङलगायतका क्षेत्रहरूमा समेत कम्पनको प्रभाव परेको जनाइएको छ ।

हालसम्म कुनै ठूला क्षति वा मानविय हताहतीको विवरण प्राप्त नभएको भए पनि सम्बन्धित निकायहरूले थप विवरण संकलन गरिरहेको बताएका छन्। विज्ञहरूले भूकम्पपछि सम्भावित परकम्पन आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय