लहान / सिरहाको नवराजपुर २ भगवतीपुर त्तामासुइयांमा एक १७ वर्षीया बालिकाको रहस्मय मृत्यू भएकी छ।
स्थानीय देवनाथ मण्डलका छोरा वर्ष १८ को दिन्क भन्ने रुपेश मण्डलसंग प्रेम सम्वन्धमा रहेकी रिन्कुकुमारी सदायको माच ३० गते रहस्मय मृत्यू भएको हो।
प्रेमी रुपेश मण्डलले माघ २८ गते दिशापिसावको लागि बाहिर निस्किएकी रिन्कुकुमारी सदायलाई सांझ हात समातेर लगेका थिए । रातभरी राखेर करणी गरेको र रिन्कुले विवाहको प्रस्ताव राख्दा ‘तिमी मुसहर जातकी हो ।’तिमीसंग विवाह गर्न सक्दिन’ भन्दै प्रेमी मण्डलले माघ २९ गते राती ३ बजेतीर निजकी घरआंगनमा छाडेर फरार भए। घरमा आमाले सोधपुछ गर्दा आफमायी भए गरेको घटना सम्बन्धी जानकारी गराई विपक्षीले धोका दिएको सार्वजनिक गरेकी थिइन्।
धोका सहन गर्न नसकेकी एक फुसको घरमा बाँसको बस्लोमा गेह रंग सलको पासोमा झुण्डिएको अवस्थामा उनी फेला परिन् ।
जहां घरको ढोका भित्रबाट खुला रहेपनि बाहिरवाट ल्याण्डिल बन्द रहेको अवस्थामा जाहेरवाला राम सेवक सदायको भाई बुहारीले ढोका खोल्दा झुण्डिए मृत्यू भइसकेको देखे ।
जाहेरवाला मुतृकका काका रामसेवक सदायले प्रहरी र एम्बुलेन्सलाई फोन गरेका थिए । शव पोष्टमार्टमको लागि राउ प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।
ईलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दा अगाडि बढाएको छ। मृत्यू अघि गाउँमा स्थानीय अगुवाहरुले छलफल गरेर घटना अगाडि नबढाउन पेमी मण्डललाई १ लाख ५० हजार जरिवाना गरेका थिए। त्यसमा जरिवानाको रकम स्थानीय अगुवाहरु आपसमा बाँडफाँट गरेर पीडितपक्षलाई २५ हजार दिएर अन्तै विवाह गर्न गराउन जोडबल गरेका थिए। अगुवाहरुले जरिवानाको पैसा बांडफांटमा आपसी विवाद भएको स्थानीयको भनाई छ ।
– नवसंग्रामबाट





