राेयाण्टर मण्डल

सिरहा / जिल्ला उद्योग वाणिज्य संघ,लहान सिरहाले सप्तरी  जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर १ चिमटीका आगलागी पीडितलाई राहात वितरण गर्ने भएकाे छ ।

संघका अध्यक्ष विकास कुमार सारडाका अनुसार आगलागीबाट पिडित  परिवारलाई राहात स्वरुप  १ लाख रुपैयाँ बराबरको राहत सामग्री  वितरण गर्न सहयोग गर्ने निर्णय गरिएकाे हो ।

विपदको समयमा थोरै भएपनि उक्त रकमबाट लत्ताकपडा , झुल, खधान्य वस्तु  वितरण गरिने वहाँले बताउनुभयाे ।

उक्त रकमकाे सामग्री   Helping Hands Team को अभियानीहरु मार्फत वितरण हुने जनाएकाे छ ।

मंगलबार साँझ ५ बजे  शत्रुधन यादवकाे घरबाट अचानक  भएको आगलागीमा परी केही गोठसहित १ सय १०  भन्दा बढी घर जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रण लिन  ६ वटा वारुणयन्त्र,  सयाैं सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको थियाे ।

आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको वडाध्यक्ष जयश्वर किशोर दासले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय