रोयाण्टर मण्डल
सिरहा / सुख, शान्ति कल्याण सरुवा रोगबाट मुक्ति पाउँनका लागि मनाईने चैती छठ उदाउँदो सुर्य भगवानलाई अर्घ्य दिई आज सोमबार सम्पन्न भएको छ ।
शुक्रवार ‘नहाय–खाय’सँगै सुरु भएको चार दिवसीय पर्वको दोश्रो दिन शनिवार ‘खाडना’ विधि तेस्रोे दिन आईतवार अस्ताउँदो सुर्यलाई अर्घ्य दिएको थियो भने सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई सिरहाको सुखीपुरधाम लगायत मिथिलाभर धुमधामका साथ चैती छठ पव सम्पन्न भएको छ ।

सुखीपुरको श्री राम जानकी मन्दिरको पोखरीमा हजारौं श्रद्धालु सूर्यलाई अर्घ प्रदान गरेका थिए ।
व्रतालुहरु बिहीवार पवित्र जलाशयहरुमा स्नान गरी चोखो खानेकुरा खाएका थिए । पर्वको दोश्रो दिन शनिवार व्रतालुहरु दिनभरि उपवास बसी राति गुलीयो पूरी, खीर, नून नहालेको तरकारी खाए । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ । षडनापछि निराहार व्रत बसेका व्रतीहरुले आईतवार अस्ताउँदै गरेको सूर्यको पूजा गरेका छन् । उनीहरुले सोमबार बिहान उषाकालीन सूर्यलाई अर्घ प्रदान गरी चार दिवसीय पर्व विधिवत समापन गर्नेछन् ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।
सुखीपुर चैती छठ महोत्सवबाट भएको आम्दानी आधा पोखरी घाट निर्माण गरेपछि सुखीपुर नगरपालिका र प्रदेश सरकारको सहयोगमा पुर्ण रुपमा चारै तर्फ घाट निर्माण सम्पन्न भएको चैती छठ महोत्सव सुखीपुरका अध्यक्ष महेश साहले जानकारी गराउनुभयो ।
छठ महोत्सवमा निः शुल्क चिया स्टल, निः पानीस्थल, निः शुल्क औषधि वितरण, साँस्कृतिक कार्यक्रम र रातभर जाग्रामका लागि टेण्टको व्यवस्थापन गरिएको थियो ।






