राेयाण्टर मण्डल

लहान / भारतबाट भन्सार छली गरि नेपाल ल्याउदै गरेकाे माेवाईलमा प्रयाेग हुने सामग्रीहरु सिरहा प्रहरीले बरामद गरेकाे छ ।

बरियारपट्टी गाउपालिका वडा नम्बर  ३ हवल्दार चौक स्थित  ईलाका प्रहरी कार्यालयका  हवल्दार  संजिब यादवकाे नेतृत्वकाे टाेलीले   चेकिङ देखेर भारतबाट नेपाल तर्फ आउदै गरेको नेपाली नम्वर पलेटकाे प्र.२ -०१-००१ प ६४१७ नम्बरको  मोटर साईकर छाडी भागेपछि  चेकजाँच  गर्दा माेटर साईकलमा लाेड गरिएकाे काटुनबाट  विभिन्न ब्रान्डकाे समानहरु बरामद गरिएकाे छ ।

बरामद गरिएको समानहरुमा LI-ION Battery- १ थान , मोवाइल कभर- ४ थान, SAMSUNG Battery ( EB-BG530BBC) -१५ थान,. SAMSUNG Battery ( EB-J700CBE) -५ थान, RDX-Premium Tempered Glass- ४ प्याकेट, RDX- Hero Series Tempered Glass -150 प्याकेट ,ESD Super x -5 प्याकेट र मोवाईलका काेभर  ११ थान रहेकाे  जिल्ला प्रहरी कार्यालय सिरहाको निमित सुचना अधिकारी हेमन्त रायले जानकारी गराउनुभयाे ।

बरामद भएको मोटरसाइकल र सामान जिल्ला भन्सार कार्यालय  माडर  सिरहा पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय